आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरणको उद्देश्य सहित कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्यूनिकरण तथा प्रतिकार गर्न महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ।
महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने र प्रविधिसँग परिचित गराई मनोवल उच्च बनाउने उद्देश्य सहित प्रशिक्षण शुरु गरिएको बैंकले बताएको छ।
महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंकले कारोबार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुनेमा बैंक विश्वस्त छ।
सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन सम्पन्न भइसकेको छ भने त्रमशः अन्य प्रदेशहरुमा पनि सञ्चालन गर्ने तयारी भइसकेको बैंकले जानकारी दिएको छ।
बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ।