ग्लोबल आइएमई बैंकले थप तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँ बजारमा सेवा सञ्चालनमा ल्याएको हो।
यी तीन स्थानमा सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको छ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन्।
जसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,रेमिट्यान्स सेवा लिने, डिसहोम सिडिएमए युटिएल, तथा एनटिसीको महशुल भुक्तानी गर्ने, टपअप गर्ने लगायत सेवा लिन सक्नेछन्।
बैंकले ७६ जिल्लामा २८० शाखा विस्तार गरिसकेको छ।
त्यस्तै २५० एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।