आइतबार ओरालो लागेको सेयर बजार सोमबार थोरै उकालो लागेको छ। सोमबार परिसूचक ७.९० अंकले बढेर २७६५.४४ कायम भएको छ।
आज कारोबार भएका कम्पनीमध्ये ९४ वटाको मूल्य बढेको छ। ८४ कम्पनीको मूल्य कम भएको छ भने ८ कम्पनीको स्थिर छ।
आज अंक उकालो लागे पनि कारोबार रकम घटेको छ। आइतबार ४ अर्ब ३५ करोड हाराहारीको सेयर किनबेच भएकामा सोमबार ३ अर्ब ९२ करोड बढीको मात्र कारोबार भएको छ।
हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः
मानुषी लघुवित्तः १०.०० प्रतिशत
चन्द्रागिरि हिल्सः ९.७५ प्रतिशत
एनआइबिएल प्रगति फन्डः ६.७६ प्रतिशत
खानीखोला हाइड्रोपावरः ५.०३ प्रतिशत
नेपाल इन्स्योरेन्सः ४.०८ प्रतिशत
आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः
कर्पोरेट डेभलपमेन्ट बैंकः -३.७० प्रतिशत
रिलायन्स फाइनान्सः -३.०६ प्रतिशत
तेह्रथुम पावरः -२.६० प्रतिशत
साना किसान विकास बैंकः -१.९८ प्रतिशत
गुह्वेश्वरी मर्चेन्ट बैंकः -१.९५ प्रतिशत