चालु आर्थिक वर्षमा ६५४ उद्योग दर्ता भएका छन्।
उद्योग विभागका अनुसार यो वर्ष स्वदेशी उद्योग दर्तामा सुधार देखिएको छ।
गत आर्थिक वर्षभर ७०० वटा उद्योग दर्ता भएकोमा यो वर्ष तीन महिना अगावै नै ६५४ उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांक छ।
विभागका अनुसार ६५४ उद्योग दर्ता गर्दा प्रस्तावित लगानी ४ खर्ब ४७ अर्ब ७५ करोड राखिएको छ।
यी उद्योग सञ्चालनमा आउॅंदा ३३ हजार १६८ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ।
विभागका अनुसार हालसम्म दर्ता भएका उद्योगको संख्या ११ हजार १० वटा पुगेको छ।
जसको प्रस्तावित लगानी ३७ खर्ब २७ अर्ब र प्रस्तावित रोजगारी ७ लाख ८५ हजार रहेको छ।
तर, दर्ता भएका उद्योग मध्ये कति दर्ता छन्। कति लगानी भएको छ र कति रोजगारी दिइएको छ भन्ने तथ्यांक भने अध्यावधिक नभएको विभागका अधिकारीहरूले बताएका छन्।