टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङको सामाजिक उत्तरदायित्व विङ– सिप्रदीयन सहायता संस्थाको सहकार्यमा श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ। चौतारा साँगाचोकगढी नगरपालिका– ११, सिन्धुपाल्चोकको नव निर्मित उक्त भवन हस्तान्तरण गरिएको हो।
उक्त विद्यालय भवनको टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरङ्ग धव, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसि तामाङले उद्धघाटन गरे।
नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको एक हिस्सास्वरूप टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिसकिएको छ।
श्री शारदा माध्यमिक विद्यालय, श्री जाल्पादेवी माध्यमिक विद्यालय, श्री मार्मिङ माध्यमिक विद्यालय, श्री थापीनारायण आधारभूत विद्यालय, श्री कोदारी माध्यमिक विद्यालय तथा श्री जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माणसँगै सातवटै विद्यालयको हस्तान्तरण गरिसकिएको हो।
हस्तान्तरण भइसकेका अरु विद्यालय भवनहरु जस्तै श्री जनज्योति आधारभूत विद्यालय पनि भूकम्प प्रतिरोधी आधुनिक संरचनामा पुनर्निर्माण गरिएकोे छ।
हस्तातन्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिब प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ, विनोद बहादुर सिंह, विमल गौतम, रबिन श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्र प्रसाद तिमिल्सिना, स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवालेको पनि उपस्थिति रहेको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८, ०७:२१:२६