बालक, यौवन, वृद्ध, नारी सबै भए बलत्कृत
कलियुगमा मान्छे दानव हुने कस्तो आयो रित।
जनगणना अनुसार फेरि नारीकै छ जित
आहार, विहार, आचार, विचारमा बढ्यो झन् विकृत।।
आमाको प्रतिबिम्ब मातृशक्तिको गर्दैछन् अपमान
गर्भैदेखि मृत्युसम्म छोरी हुन थाले बदनाम।
बुवाबाट छोरी बलत्कृत हुँदा, मनमा पर्यो साह्रै भान
नारीको कोषनै पहिलो घर भका पुरुषमा कैले आउँछ ज्ञान??
नैतिक पतन, यौन कुण्ठा, पोर्नोग्राफी, साइबर सेक्सको लत
अश्लील तस्बिर, यौन नाटकले बाल मस्तिष्कमा पर्यो घत।
बस, सडक, बजार, घर, आश्रममा पनि भयो यत्र तत्र
हजारौँ पटक मरेर बाँच्नु पर्ने नारी छैनन् डर, त्रास मुक्त।।
स्वतन्त्रतालाई मुठ्ठीमा कसेर बोत्तलको आडमा
लुटे खुसी, भुटे इच्छा, छोरीलाई राखी आफ्नै काखमा।
यौन पिपाशुनर पशुहरुमा नालायकी पन, छैन मानवता
बहिरो राज्य र अन्धा जनताहरु, खै त नारी सुरक्षा?
निर्मला र सम्झनाजस्ता कैयौँ चेली बलत्कृत हुँदाको चित्कार
सिमा र अनुशासन तोडी, मुखमा कपडा कोचे लुकाएर।
निर्वस्त्र अनि निशस्त्र संविधान माथि गर्छन् बलत्कार
न्याय दिने कमजोर प्रशासन र भयो अर्धमृत सरकार।।
४/५ वर्षमै बलत्कृत हुन बाध्य हजुरबाको कर
पिण्ड खाने बेला नजिकीदा पनि नर्क रोज्छन् तर।
दाजु, भाइ, इष्टमित्र, शिक्षक, साथी कोहीको छैन भर
स्कुल गाकी छोरी घर आउछे आउन्न भन्ने डर।।
अपराधीले कानुन किन्छ बाहिर मात्रै खैलाबैला
न्यायधिस नि गुपचुप बस्छन् बुझेर नै थैला।
बलत्कृत भए धेरै चेली, देशमा राष्ट्रपति महिला
यसको निर्मूल गर्न पर्यो सबैभन्दा पहिला।।
बालिकालाई चक्लेट र युवतीलाई रोजगारको प्रलोभनमा पारी
हिंसामा होमिनुपूर्व सोच, आमा सरी हुन्छन् सबै नारी।
नारा मात्र छ दोषीलाई कारबाही अनि बलत्कारीलाई फाँसी
व्यवहारिक जीवनमा लागु भए, नारीहरु बस्छन् हाँसीहाँसी।।
समाज विकासमा प्रत्यक्ष र परोक्ष रुपमा पर्छ प्रभाव
नारी आवश्यकता र महानता बुझी गरौँ आपसी सद्भाव।
असल चरित्र निर्माण अनि गरौँ योग, ध्यान, प्राणायाम
घातक प्रवृत्तिको सल्यक्रिया गर्दै बचाउँ देशको सान।।