चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिए पनि कलेज प्रशासनले आनाकानी गरेपछि अभिभावकहरूले आक्रोश पोखेका छन्।
चितवन मेडिकल कलेजका सञ्चालक र विद्यार्थीबीच शुल्क फिर्ताको सहमतिपछि आन्दोलन टुंगिएको थियो। तर कलेज प्रशासन शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन गर्न हच्किएपछि विद्यार्थी र अभिभावकहरूले पुन: आन्दोलन सुरू गरेका हुन्।
सोमबार अभिभावक र विद्यार्थीहरूले चितवन मेडिकल कलेज अगाडि धर्ना बसेका थिए।
प्रदर्शनका क्रममा अभिभावकहरूले शुल्क फिर्ताको निर्णय कार्यान्वयन नभए थप आन्दोलन गर्ने चेतावनी दिए।
विद्यार्थीहरूलाई फेल गराइदिने भन्दै कलेज प्रशासनले अभिभावकहरूलाई चेतावनी दिने गरेको घटना सार्वजनिक भएलगत्तै उनीहरू आन्दोलनमा मिसिएका हुन्।
अभिभावकहरू नै आन्दोलनमा मिसिएपछि विद्यार्थीहरूले आन्दोलनलाई निर्णायक बिन्दुमा नपुर्याएसम्म विश्राम नगर्ने बताएका छन्।
हेर्नुस् भिडिओ,
यी पनि हेर्नुस् :