सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
युवा सबै विदेशतिर
छाडी गाउँ घर
बुढेसकालका बुबाआमा
पर्नु कसको भर?
सहरका अग्ला घर
मन त पर पर
शान्ति छैन समाजमा
लाग्छ साह्रै डर।
दिनदिनै समाचार
आउँछन् निराशाका
जनताहरू गाउँदै हिँड्छन्
विरहका भाका।
जे भए नि हुर्किँदै छौँ
हामी साथीभाइ
असल बनौँ सक्षम बनौँ
बनाऊँ देशलाई।
झुक्दैनौँ हामी कसैको सामु
बिक्दैनौँ स्वार्थमा
बन्ने नै छ नेपाल
अब हाम्रै पालामा
अब हाम्रै पालामा।
(अनन्य राज सापकोटा ग्लोबल कलिजिएट स्कुल रानीपौवा, पोखराको कक्षा ५ ‘ग’ मा अध्ययनरत विद्यार्थी हुन्।)