न्यायालय र संवैधानिक निकायको सुधार–४
हामीले सेतोपाटीमा 'न्यायालय र संवैधानिक निकायको सुधार' बारे बहस शृंखला चलाइरहेका छौं।
यो शृंखलाको चौथो अंकमा कुरा गर्न हामीले पूर्वकानुनमन्त्री तथा वरिष्ठ संविधानविद गोविन्द बन्दीलाई स्टुडियोमा निम्ता गरेका छौं।
हामी धेरै नेपालीलाई लाग्छ — हाम्रा नेताहरू नै ठिक भएनन्। अनि नेताहरू खराब भएका कारण देश बिग्रियो।
त्यो केही हदसम्म ठिक पनि हो। नेता र नेतृत्व ठिक भयो भने र उनीहरूको नियत सफा छ भने धेरै कुरा ठिक हुन्छन्।
तर जतिसुकै सफा नियत भए पनि सत्तामा पुगेका नेताहरूका निजी र दलगत स्वार्थहरू हुन्छन्। र, ती स्वार्थहरू बिस्तारै हावी हुँदै जान्छन्। नेताहरू तिनै स्वार्थका बन्धक बन्दै जान्छन्।
१५–२० वर्ष जेलनेल खपेका, दशकौंसम्म राणा र पञ्चायतविरूद्ध बिना स्वार्थ संघर्ष गरेका हाम्रा नेताहरू सत्तामा पुगेपछि किन बिग्रिए?
हामीले यो प्रश्नमा घोत्लिन र आफ्नै इतिहासबाट पाठ सिक्न जरूरी छ।
संसारभरका सफल लोकतन्त्र नेताहरूको नियत र इमानमा मात्र भर पर्दैनन्। सफल लोकतन्त्रले बलिया संस्थाहरू निर्माण गर्छन्, जसले सत्तामा पुगेका नेताहरूलाई अनुशासनमा बस्न बाध्य बनाउँछन्। जब यी संस्था कमजोर बन्छन्, तब नेताहरू स्वेच्छाचारी बन्छन्। सत्ताको दुरूपयोग गर्छन् र उन्मुक्ति पनि पाउँछन्।
त्यसैले लोकतन्त्र बलियो बनाउने र देश बलियो बनाउने भनेको यी संस्थाहरू बलिया बनाउने हो।
आज हामीले तिनै संस्थाहरूमध्येको अग्रणी संस्था न्यायालयको सुधारबारे बहस गरेका छौं।
प्रस्तुत छ, पूर्वकानुनमन्त्री गोविन्द बन्दीसँगको बहसको भिडिओ—
यो पनि हेर्नुहोस्—
सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईसँग बहस– कति बिग्रेको छ हाम्रो न्यायालय, कसरी सुधार्ने?
अदालत र अख्तियारमा चाहिएको सुधार
अख्तियारको अधिकार काटौं, अनुसन्धान मात्र दिऔं– राधेश्याम अधिकारी