लर्निङ डिस्कोर्स
नेपालमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरू विदेशिने क्रम पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको छ।
लर्निङ डिस्कोर्सको यो भागमा रोजगारी सम्बन्धी प्लेटफर्म मेरो जबका संस्थापक शैलेन्द्रराज गिरी र नरोत्तम अर्यालले विद्यार्थी पलायनका प्रमुख कारण, नेपालमा भएको रोजगारीको अवसरबारे छलफल गरेका छन्।
गिरीका अनुसार नेपालमा हरेक वर्ष करिब ८–१० लाख कार्यशील जनशक्ति रोजगारी बजारमा प्रवेश गर्छ। तर त्यही अनुपातमा रोजगारी सिर्जना हुन नसक्दा ठूलो संख्यामा युवाहरू अन्य विकल्प खोज्न बाध्य हुन्छन्।
'नेपालमा रोजगारीको अवसर धेरै नै छ,' उनले भने, 'रोजगारी नखोजी छैन भन्न मिल्दैन।'
छलफलमा शिक्षा प्रणालीलाई बजारसँग जोड्नुपर्ने, सीपमूलक शिक्षामा जोड दिनुपर्ने र निजी क्षेत्रसँग सहकार्य गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा गिरीले जोड दिएका छन्।
विद्यार्थीहरूलाई नेपालमै आफ्नो भविष्य सुनिश्चितता नहुँदा, करिअर अवसर नदेख्दा विदेश पलायन बढिरहेको उनले बताए।
त्यसैले उद्यमशीलता प्रवर्द्धन, स्टार्टअपलाई प्रोत्साहन र युवाहरूलाई नेपालमै भविष्य देख्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
प्रस्तुत छ 'मेरो जब' का संस्थापक शैलेन्द्रराज गिरीसँग नरोत्तम अर्यालले गरेको बहसः