लर्निङ डिस्कोर्स
नेपालबाट विदेश पलायन हुने विद्यार्थी संख्या बर्सेनि बढ्दो छ।
एकातिर हाम्रा विश्वविद्यालयहरू आफैमा कमजोर हुनु, समय अनुसार परिस्कृत हुँदै नजानु र अर्कातिर दलीय हस्तक्षेपबाट ग्रसित हुँदा शिक्षाको गुणस्तरमा प्रभाव परेको छ। त्यसैले गुणस्तरीय शिक्षाको खोजीमा ठूलो संख्यामा विद्यार्थीहरू विदेश जान्छन्।
पढ्न गएका विद्यार्थीमध्ये धेरै जना उच्च शिक्षा सकिएपछि उतै रोजगारीमा अल्झिने गरेका छन्। फाट्टफुट्ट मात्र नेपाल फर्किन्छन्।
यसरी युवाहरू विदेश पलायन हुनुमा विभिन्न खाले तर्कहरू हुन्छन्।
एक थरीले युवाहरू पढाइसँगै राम्रो रोजगारी र जीवनशैलीका लागि पलायन हुने तर्क गर्छन्। अर्का थरीले नेपालमै राम्रो उच्च शिक्षा भए धेरै हदसम्म युवाहरू पलायन हुनबाट रोकिने तर्क गर्छन्।
पूर्वशिक्षा मन्त्री विद्या भट्टराईका अनुसार नेपालमा उच्च शिक्षाको सुधार पछाडि पर्नुको कारण पढाउने मात्रै प्रवृत्ति भएकाले हो। उच्च शिक्षा सुधारका लागि सरकारले अनुसन्धानमा लगानी गर्नुपर्ने उनको तर्क छ।
नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र उच्च शिक्षा लिएपछि प्रतिस्पर्धी जनशक्ति निर्माण गर्न सकिन्छ भन्ने भावको विकास गरे केही हदसम्म उच्च शिक्षाका लागि विदेश पलायन हुने संख्या कम हुने उनको ठम्याइ छ।
त्यसैले विद्यार्थीलाई नेपालमै उच्च शिक्षाका लागि आशावादी बनाउनुपर्ने उनी बताउँछिन्।
हेर्नुस् पूर्वशिक्षा मन्त्री विद्या भट्टराईसँग नरोत्तम अर्यालले गरेको बहसः