झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ।
शनिबार बिहान ११ बजे दमक नगरपालिका-१० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको अवस्थामा महिलाको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार रातो भेस्ट र जिन्सको पेन्ट लगाएको अवस्थामा अन्दाजी ३० देखि ३२ वर्ष उमेरको महिलाको शव भेटिएको बताए।
महिलाको पहिचान भने खुलेको छैन।
डिएसपी खड्काका अनुसार शवको प्रकृति हेर्दा दुई/तीन अगाडि देखि नै पानीमा ढाडिएको अवस्थामा देखिएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ।
प्रहरीले मृतकलाई चिन्नेलाई खबर गर्न पनि भनेको छ।