THE WHEELS– 1
विश्वभर अहिले पेट्रोल र डिजेलबाट गाडी इभीतर्फ रूपान्तरण हुने क्रम बढ्दो छ। नेपालमा पनि इभीले आफ्नो बजार तीव्र गतिमा विस्तार गरिरहेको छ।
गाडी यातायात मात्र नभएर अर्थतन्त्र, रोजगार, प्रविधि र वातावरणसँग जोडिएको कुरा हो। नेपालमा साना प्यासेन्जर कार जुन रूपले इभीमा रूपान्तरण भए, त्यही अनुरूप सार्वजनिक यातायात भने रूपान्तरण हुन सकेको छैन।
नेपालमा अहिले ५० भन्दा बढी इभीका ब्रान्ड प्रवेश गरिसकेका छन्।
के यी ब्रान्डहरू धान्न सकिने अवस्थामा छन्, नेपालमा समग्र गाडीको अवस्था के छ, इभीको ब्याट्री र पछि परिवर्तन गर्दा लाग्ने लागत कस्तो हुन्छ लगायत विषयमा हामीले लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियासँग कुराकानी गरेका छौं।
दीपकसँग अटो क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ।
सरकारले पेट्रोल र डिजेलबाट चल्ने पुराना गाडीलाई इभीमा रूपान्तरण गर्न गरिरहेको तयारीबारे पनि हामीले कुराकानी गरेका छौं। यो काम कति र कसरी सम्भव हुन्छ भन्नेबारे मेकानिकल इन्जिनियरसमेत रहेका उनले बताएका छन्।
हेर्नुस् उनीसँग गरिएको कुराकानीः