प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्टाएर पुनर्स्थापना गर्ने फैसला गरेको खुसियालीमा जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरूले जनकपुरमा दीप प्रज्वलन गरेका छन्।
मंगलबार साँझ सर्वोच्चले संसद पुनर्स्थापना गर्नुपर्ने फैसला सुनाएपछि उक्त निर्णयको स्वागत गर्दै जसपाका नेता तथा कार्यकर्ताले जनकचोकमा दीप प्रज्वलन गरेका हुन्।
सर्वोच्चले गरेको फैसलाको समर्थनमा उनीहरूले केहीबेर नारासमेत लगाएका थिए।
उनीहरूले ‘यो जित कसको जनताको, यो हार कसको ओलीको’, ‘नेपाली जनता हाई हाई, केपी ओली बाइबाई’ लगायतका नारा लगाएका थिए।
यस्तै, संसद पुनर्स्थापनाको निर्णयको समर्थनमा दाङमा खुसियाली मनाइएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहबाहेक अन्य सबै राजनीतिक दलहरूले खुसियाली साटेका छन्।
तुलसीपुरमा प्रचण्ड-नेपाल समूहले दीप प्रज्वलन गरेको छ। नेकपा तुलसीपुर नगर कमिटीले दीप प्रज्वलनपछि विपीबिचोकमा कोणसभा गरेको छ।
गत पुस ५ गते मन्त्रिपरिषदको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सिफारिसमा प्रतिनिधिसभा भंग गरेका थिए।