नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरूङ सर्वसम्मत चयन भएकी छन्।
माओवादी गण्डकीको अधिवेशनले गुरूङलाई अध्यक्षमा चयन गरेको हो।
अधिवेशनले २०१ सदस्यीय प्रदेश कमिटी निर्माण गरे पनि अरू पदाधिकारी भने चयन गरेको छैन। प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी चयन गर्ने अध्यक्ष गुरूङले जानकारी दिइन्।
माओवादी केन्द्रको गण्डकी अधिवेशनमा स्थानीय तहबाट ६ सय, मनोनित ६० जना, आयोजक कमिटीबाट ९६, जेष्ठ कम्युनिष्ट मञ्चबाट ४३ र प्रदेश सल्लाहकारबाट ४७ जना गरी ८४६ जना प्रतिनिधि सहभागी थिए।
माओवादीको प्रदेश कमिटीमा २२९ जना रहने र ९ सदस्यीय पदाधिकारी रहने जनाएको छ।
प्रदेश कमिटी अध्यक्षमा केन्द्रीय सदस्य रहेका नेताहरू समेत आकांक्षी देखिए पनि स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य प्रदेशमा नजाने निर्णय गरेपछि गुरूङ अध्यक्षमा निर्वाचित भएकी हुन्। यसअघि गण्डकी अध्यक्ष रहेका हरि अधिकारी र सचिव देवेन्द्र पराजुली माओवादीका केन्द्रीय सदस्य हुन्।
प्रदेश कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित लगायत मुस्लिम तथा सीमान्तकृतको सहभागिता रहेको माओवादीले जनाएको छ।