महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी काठमाडौंका प्रमुखको रूपमा शुक्रबार हाजिर भएका हुन्।
त्यस्तै एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरूवा भएको हो।
गृह मन्त्रालयले दुई महिनाअघि नै सिंहको काज सरूवा गरेको थियो। तर एक वर्ष अवधि नपुग्दै हटाउन खोजेपछि एसएसपी सिंहले प्रधानमन्त्री शेरबहादुर देउवासम्म कुरा पुर्याएका थिए।
त्यसपछि प्रधानमन्त्री देउवाले सरूवा रोकिदिएका थिए। अहिले सोही सरूवा कार्यान्वयनमा आएको हो।
यो पनि: देउवाले रोके गृहमन्त्री खाणले ‘रातारात’ गरेको काठमाडौंका एसएसपीको सरूवा