कर्णाली प्रदेशमा देखा परेका विभिन्न समस्या समाधान गर्न त्यहाँका प्रतिनिधिहरूले गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन्।
आज सिंहदरबारमा भएको भेटमा प्रदेशमा देखिएका समस्याबारे गृहमन्त्री खाणलाई जानकारी गराइएको कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले बताए।
शान्ति सुरक्षाका विषयलगायतमा गृहमन्त्रीको ध्यानाकर्षण गराइएको उनीहरूको भनाइ थियो।
गृहमन्त्री खाणले कर्णालीमा देखिएका समस्या समाधान गर्न आफूले पहल गर्ने जवाफ दिएका थिए।