संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो बस्दैछ।
बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरूद्ध गर्दै आएको छ। यसअघिका बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए।
संसद भवन बानेश्वरमा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।