नेपाली कांग्रेसकी नेता तथा सांसद डिला संग्रौलाले लेखेको पुस्तक ‘नेपालीका सपना अधुरै’ को लोकार्पण गरिएको छ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरेका हुन्।
पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकले ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको बताएका थिए।
साथै उनले पार्टीभित्र महिला नेतृत्व विकासका लागि पनि काम भइरहेको बताएका थिए। उनले कांग्रेसभित्र समावेशी सिद्धान्तको कार्यान्वयन गरिएको बताए।
पुस्तकमाथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले समीक्षा गरेका थिए।
लेखक संग्रौलाले नेपालीका सपना अधुरै रहेको बताइन्। उनले आफू पहिलेदेखि नै लेखन कार्यमा सक्रिय रूपमा लागेको बताएकी थिइन्।