नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य, अर्घाखाँची सह-ईञ्चार्ज तथा पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेस प्रवेश गरेकी छन्।
आज दुर्गाफाँटमा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन्।
गौतम ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई गौतम उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
नेकपा एमालेबाट माधवकुमार नेपाल अलग भई नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए। त्यसबेला गौतम एमाले छाडेर समाजवादीतर्फ लागेकी थिइन्।
दुर्गाफाँटमा भएको आमसभामा सम्बोधन गर्न महामन्त्री थापा, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, सञ्जय गौतमलगायत हेलिकप्टरमा आज अर्घाखाँची पुगेका थिए।