नेपाली कांग्रेसका प्रदेश सभापतिले केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पाउने व्यवस्था गर्न माग गरेका छन्।
सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै केन्द्रीय समितिमा उपस्थित हुन पाउने व्यवस्था गर्न माग गरेका हुन्।
प्रदेश १ का सभापति उद्धव थापा, प्रदेश २ का कृष्णप्रसाद यादव, बागमतीका ईन्द्रबहादुर बानियाँ, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमर सिंह पुन, कर्णालीका ललितजंग शाही र सूदुरपश्चिमका सभापति वीरबहादुर बलायरले संयुक्त पत्र लेखेर केन्द्रीय समितिमा उपस्थित हुने व्यवस्था गर्न माग गरेका हुन्।
कर्णाली प्रदेशका सभापति अमरसिंह पुनले आज केन्द्रीय समितिमा आफूले पत्र नै बाचन गरेर सुनाएको बताए। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्न बसेको केन्द्रीय समिति बैठकमा आज प्रदेश सभापतिलाई आमन्त्रित केन्द्रीय सदस्यका रूपमा बैठकमा सहभागी गराइएको थियो।
साथै लेबी रकम प्रदेशका खातामा पनि पठाउने व्यवस्था गर्न उनीहरूले माग गरेका छन्।
हेर्नुस् पत्र:
