माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।
सोमबार ललितपुरको हेरिटेज गार्डेनमा पदाधिकारी चयन गर्न केन्द्रीय कमिटीको बैठक सुरू भएको हो।
जेष्ठताको आधारमा दिनानाथ शर्माको बैठक बसिरहेको छ। यो बैठकले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी छान्नेछ।
माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो। सोमबार बसेको बैठकमा चयन भएका सदस्यले सपथ लिएका छन्।
सपथ ग्रहणपछि पदाधिकारी चयन गर्न बैठक बसेको हो।

पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए भने उक्त प्रस्ताव अनुमोदन गरिएको थियो।
प्रचण्डले खुलातर्फ १३२ र समानुपातिकतर्फ १२५ जनाको नाम पेश गरेका थिए। उक्त नाम महाधिवेशन प्रतिनिधिले पारित गरेका थिए।
महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो।
पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ।
माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ।
