नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले उपसभापति र महामन्त्रीमा पराजित भएका नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने बताएका छन्।
आज सानेपामा भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउँदै पोखरेलले उपसभापतिमा पराजित महेश आचार्य, चन्द्र भण्डारी र महामन्त्रीमा पराजित मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य बनाउनुपर्ने बताएका थिए।
उनले सभापतिले भोट दिने र नदिने सबैलाई समेट्ने धारणा राखे पनि त्यसअनुसार काम भने नगरेको बताएका थिए।
पोखरेलले लिखित पत्र समेत सभापति देउवालाई बुझाएका छन्।
सभापति देउवाले ३३ जना मनोनीत गर्नुपर्नेमा अहिलेसम्म १३ जना मनोनीत गरेका छन्।
सभापति देउवाले शेखर कोइराला पक्षका कसैलाई पनि मनोनीत गरेका छैनन्।
यस्तो छ पत्र:
