नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ।
आगामी फागुन २० गते राष्ट्रिय सभाको निर्वाचन हुन लागेको छ।
सोमबार बसेको बैठकले सातै प्रदेशका क्लस्टर अनुसार १९ जना उम्मेदवारको अन्तिम टुंगो लगाएको हो।
यसअघि आइतबारको केन्द्रीय सचिवालय बैठकले चयन गरेको नामलाई आजको बैठकले अनुमोदन गरेको हो।
राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० मा उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ।
यी हुन् उम्मेदवारहरू
प्रदेश–१
- खुलाः देवराज घिमिरे (झापा)
- महिलाः सुमित्रा भण्डारी (झापा)
- अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)
प्रदेश–२
- खुलाः असर्फी भिनवार यादव (धनुषा)
- महिलाः बिना साह (रौतहट)
बागमती
- खुलाः गोपाल शाक्य (ललितपुर)
- महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
गण्डकी
- खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
- महिलाः लीला पोखरेल थनेत (नवलपुर)
- दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)
लुम्बिनी
- खुलाः रामदयाल गुप्ता (दाङ)
- महिलाः भारती खनाल (बाँके)
- दलितः कृष्णबहादुर सुनार (गुल्मी)
कर्णाली
- खुलाः चूडामणि शर्मा (सुर्खेत)
- महिलाः गंगा थापा महत (जुम्ला)
- अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)
सुदूरपश्चिम
- खुलाः डिल्लीराज भट्ट (डोटी)
- महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
- दलितः नरेश बिक (बैतडी)