प्रदेश १ मा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्।
नेकपा एमालेका तर्फबाट खुलातर्फ गुरू बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन्।
यस्तै सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई र अल्पसंख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त रहेको खुला, महिला र अल्पसंख्यक वा अपांग सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ।
प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५४२ मतभार छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६८६ देखिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशको गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको २ हजार ७३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा एकीकृत समाजवादीको ६७८, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ। प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार रहेको छ।