बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ।
गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज बिहान बसेको हो।
उक्त समितिको संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल छन्।
संयोजक पौडेलसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल लगायतका गठबन्धनबाट समितिमा रहेका नेताहरू बैठकमा सहभागी छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न उक्त समितिको बैठक बसेको स्रोतले जानकारी दियो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर प्रतिनिधि सभा बैठक सुचारू गराउनुपर्ने जस्ता विषय पनि छलफलमा उठेका छन्। संयोजक पौडेलले बुधबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
संसद अवरोध नगर्न पौडेलले अध्यक्ष ओलीसँग माग गरेका थिए।