राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
आज अपरान्ह ४:३० बजेदेखि ५:३० बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो।
‘यो नियमित भेटघाट हो। पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा पनि उहाँहरूबीच कुराकानी भयो,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सेतोपाटीसँग भने।
प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द भएसँगै उनले आन्तरिक भेटघाटलाई तीव्रता दिइरहेका छन्।