नेकपा (एमाले) ललितपुरको अध्यक्षमामा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन्।
सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
यस्तै उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिए।
बन्दसत्रमा सदस्यहरू १ सय २० जनाको नाम पढेर सुनाइएकाे थियाे।