एमाले प्युठानको अध्यक्षमा विजय विराज विष्ट विजयी भएका छन्।
उनले नेहर सिंह केसीलाई हराएका हुन्। विष्टले ३ सय १४ मत ल्याएका छन् भने केसीले १ सय ७६ मत पाएका छन्।
विष्टले एमाले पूर्वउपाध्यक्ष वामदेव गौतमको सचिवालयमा लामो समय काम गरेका थिए।
उनी युवासँघको सचिव समेत भएका थिए।
त्यस्तै, उपाध्यक्षमा झगबहादुर विश्वकर्मा विजयी भएका छन्। माधव शर्मा सचिवमा विजयी भएका छन् भने श्रीधर रोका र दिपा घर्ती उपसचिवमा विजयी भएका छन्।