महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको हिरासतबाट फरार तीन जना थुनुवामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शमसेर माझी र रुद्रलाल श्रेष्ठ रहेका छन्।
बौद्धबाट अपराध महाशाखाको टोलीले ती थुनुवालाई नियन्त्रणमा लिएको एसएसपी सहकुल थापाले बताए।
सोमबार राति तीन जना थुनुवा हिरासतबाट भागेका थिए।
यस्तै, उच्च अदालत पाटनबाट प्रहरी नियन्त्रणमा रहेका एक थुनुवा भागेका छन्।
बुधबार मुद्दाको सुनुवाइका लागि उच्च अदालत लगिएका थुनुवा रामबोल खड्का फरार भएका हुन्।
बैंकिङ कसूरमा पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले म्याद थप्न अदालत लगेको थियो।
सम्बन्धित समाचारहरू :
थुनुवा कोठाको झ्याल काट्न भैंसेपाटी प्रहरीको हिरासतमा ‘ह्याक्सो ब्लेड’ छिराइयो
भैंसेपाटी प्रभागका तीन थुनुवा हिरासतबाटै फरार