झापाको दुधे - शिवगञ्ज भित्री सडकमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्ध शान्ति ३ बस्ने वर्ष ४ २का इन्द्रप्रसाद दंगालको मोटरसाइकलको ठक्करले मृत्यु भएको हो।
दुर्घटनाबाट गम्भीर घाइते भएका दंगाललाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुधे बाट शिवगन्ज तर्फ जाँदै गरेको मे २ प पनि ३५३९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई दंगाल लाई ठक्कर दिएको थियो।
मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडानम्बर ७ बस्ने २१ वर्षीय रीमबहादुर बाँनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।