पाल्पा जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको निधन भएको छ। बिहीबार दिउँसो उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार पाल्पामै खान नरुचेको र पेट दुख्ने समस्या भएपछि उनलाई बुधबार काठमाडौं ल्याइएको थियो। उनी नेकपाबाट जिसस प्रमुख बनेका थिए।