सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको छ।
घटनास्थलमा पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ। त्यसमध्ये ५ जनालाई उद्धार गरिएको छ।
जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ।
घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ।
यसैगरी मनाङ एयरको हेलिकप्टरबाट घाइते एमजी लामालाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ।
पहिरोले ३७ घर पुरिएका छन्।
प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन्।
(* सच्याइएको)