बाँके प्रहरीले चार ग्राम पाँचसय मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्कका २३ वर्षीय मोहम्मद जुनेड हलुवाई र बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ३ की २७ वर्षीया सपना पुन छन्।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो ४ बजेतिर नेपालगञ्ज १२ बेलासपुरवाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमाथि अवैध लागुऔषध कारोबार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ।