काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२, ललितपुरमा २० र भक्तपुरमा ५ संक्रमित छन्।
यस्तै, काठमाडौं उपत्यकामा १८४७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७७९, ललितपुरमा ५८७ र भक्तपुरमा ४८१ सक्रिय संक्रमित छन्।
नेपालमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार २३० जनाको पिसिआर परीक्षण र ३७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ५ हजार ५२६ जना सक्रिय संक्रमित छन्।
२६७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।