काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ६१५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।
यस्तै नेपालमा धेरै समयपछि एकैदिन एक हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।
यस्तै नेपालमा अहिले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट २७ जना संक्रमित रहेको मन्त्रालयकी प्रवक्ता मिश्रले बताइन्।