दैलेखका एकजना पुरुष हराएको ४१ दिनपछि शव फेला परेको छ।
दैलेखको दुल्लु नगरपालिका-७ का ३६ वर्षीय उपेन्द्रमान श्रेष्ठको आइतबार शव फेला परेको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनी मंसिर १४ गतेदेखि हराइरहेका थिए। श्रेष्ठका आफन्त र प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दैलेखको गुराँस गाउँपालिका-२ जकत्रे खोलामा उनको शव फेला परेको हो।
सडकबाट करिब २०० मिटर तल खोलामा शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शव भएको ठाउँमा कर्णाली प्रदेश ०२ - ६६५८ नम्बरको मोटरसाइकल पनि रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठ मंसिर १४ गते दुल्लुबाट सुर्खेत जान भनि मोटरसाइलमा आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।