सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा सोमबार पनि धर्ना दिइएको छ।
नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो।
धर्नाका बसेकाहरूले नागरिकताबाट आफूहरूलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नुपरेको बताएका छन्।
उनीहरूले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए। राष्ट्रको पहिचानको रूपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको गम्भीर आरोप छ।
धर्नामा सहभागी भएकाहरूले ‘हामी नेपाली बाबु-आमामा सन्तान, कहिलेसम्म अनागरिक बन्नु पर्ने सरकार’, ‘संविधान अनुसार नागरिकको व्यवस्था गर’ भन्नेजस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए।
नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरूले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाइ सरकारले नगरेको धर्नामा बसेकाहरूको गुनासो छ।
तस्बिरहरू:







