पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन्। विद्यार्थीहरूले काभ्रेको पनौति नगरपालिका-१० खोपासीस्थित साहारा जेष्ठ नागरिक समाजका वृद्धवृद्धाहरूलाई १७ हजार नगद सहयोग गरेका हुन्।
२०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरू छन्। उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजले जनाएको छ।
तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू गत पौष ३ गते वनभोज गएका थिए। वनभोजबाट जुटेको रकम साहारा जेष्ठ नागरिक समाजलाई सहयोग गरेको विद्यार्थीको प्रतिनिधित्व गरेका सीआर भण्डारीले बताए।
तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सीआर भण्डारीले साहार जेष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।