काठमाडौं उपत्यकामा ८७६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन्।
यस्तै, काठमाडौं उपत्यकामा ४१८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६५५, ललितपुरमा ९०० र भक्तपुरमा ६३३ सक्रिय संक्रमित छन्।
नेपालमा एक हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ को मृत्यु भएको छ।
अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ।