पूर्व राष्ट्रिय भारतीय ब्याटस्म्यान युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्न लागेको भारतीय संचारमाध्यमले जनाएका छन्।
सोमबार उनले मुम्बईमा कुराकानीका लागि भन्दै भारतीय प्रेसलाई बोलाएपछि यस्तो अनुमान गरिएको हो। भारतीय संचारमाध्यमका अनुसार सिंह अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएर अन्तराष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त टि-२० क्रिकेटमा आफ्नो करियरलाई निरन्तरता दिने सोचमा रहेका छन्।
केहि समय अगाडि भात्र भारतीय क्रिकेट बोर्डका एक सदस्यले युवराज सिंहले अन्तराष्ट्रिय तथा प्रथम श्रेणीको क्रिकेटबाट सन्यास लिने बारेमा सोचिरहेको खुलासा गरेका थिए।
'उनले बिसिसीआइसँग कुरा गर्न इच्छुक छ र क्यानडा तथा आयरल्याण्डको टि-२० क्रिकेट खेल्नेबारेमा स्पष्ट पार्न चाहन्छन्। उनलाई यी लिगबाट प्रस्ताव आएको छ', बिसिसीआईका ती वरिष्ठ अधिकारीको केहि समय अगाडि बताएका थिए।
'टि-२०लाई आईसिसीबाट स्वीकृति मिलेको भएपनि यो हाललाई स्वीकार्य प्रारूप होइन तर अगाडिका दिनमा खेलाडीहरूको संघले आकार लिएको खण्डमा सन्यास लिइसकेका खेलाडीका बारेमा विचार हुनसक्छ', ती अधिकारीले भने।
सन् २०११ मा उनलाई फोक्सोमा क्यान्सर भएको थियो। त्यसपछि निको भएर सक्रिय क्रिकेट खेलेका उनी यसपटकको आइपिएलमा पहिलो सत्रको लिलामीमा पर्न असफल भएका थिए। कुनै समयमा उनी १६ करोड भारूको सर्वाधिक रकममा लिलामी हुने खेलाडी बनेका थिए।
उनलाई दोश्रो चरणको लिलामीमा मुम्बई इण्डियन्सले किनेको थियो। उनलाई किनेपनि खासै खेल्ने मौका भने पाएनन्। सम्भवतः यहि कारणले गर्दा उनले नयाँ बाटो रोज्न लागेको अनुमान गरिएको छ। हाल उनले यस बारेमा गम्भीर ढंगले सोचिरहेको उनी निकटहरूको भनाइ छ।