बिग ब्यास लिगमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले पहिलो हार बेहोरेको छ।
हुरिकेन्सलाई मंगलबार भएको खेलमा एडिलेट स्ट्राइकर्सले ५ विकेटले पराजित गरेको हो।
हुरिकेन्सले यसअघि भएका सुरुवाती दुवै खेलमा जित निकालेको थियो।
होबर्टले दिएको १४७ रनको लक्ष्य एडिलेटले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
एटिलेटका लागि जेक वेदरान्डले सबैभन्दा बढी नटआउट ६८ रनको योगदान दिए। यस्तै एलेक्स क्यारीले ५५ रन जोडे।
बलिङमा हुरिकेन्सका जेम्स फल्कनर र नाथान इल्सले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हुरिकेन्स ३ बल खेल्न बाँकी छदा १४६ रनमा अलआउट भयो। हुरिकेन्सका लागि बेन म्याकडरमोट र कोलिन इनग्रामले समान ४६–४६ रन जोडे।
ओपनरद्वय डिआर्ची सर्ट र विल ज्याक क्रमश: २ रन र शून्यमा आउट भएका थिए।
बलिङमा एडिलेटका पिटर सिड्लेले ५ विकेट लिए। उनले ३.३ ओभरमा १६ रन खर्चिए। बिग ब्यासमा यो अस्ट्रेलियन बलरको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।
नेपालीका स्पिनर सन्दीप भने बिग ब्यासका लागि आज अस्ट्रेलिया प्रस्थान गरेका छन्। अब उनी १४ दिनको क्वारेन्टिनमा बसेपछि मात्र हुरिकेन्सको टिममा सामेल हुनेछन्। जसका कारण कारण सन्दीपले हुरिकेन्सका अब हुने तीन खेल पनि खेल्नेछैनन्।