सहिद स्मारक ए डिभिज लिगअन्तर्गत शुक्रबारदेखि आठौं चरणका खेल सुरू भएका छन्।
शुक्रबार दशरथ रंगशालामा भएको पहिलो खेलमा तेस्रो स्थानको संकटा क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलमा सातदोबाटोले सुरूवाती अग्रता लियो। उसका लगि सुशील राईले खेलको २३ मिनेटमा गोल गरेका थिए।
संकटाका गोलकिपर राजाबाबु थापाले राम्रोसँग क्लियर गर्न नसेको बलमा सुशीलले गोल गरेका थिए। सुरूमा बलमा चिप्लिएर लडेका थापाले त्यसपछि हानेको प्रहारमा सुशीलले गोल गरेका थिए।
संकटाले ३२ मिनेटमा बराबरी गोल गर्यो। दिपेश आलेमगरले डिकब्स बाहिरबाट हानेको सशक्त प्रहारले सिधैं गोलपोस्टको दिशा लिएको थियो।
बराबरीसँगै अंक तालिकामा तेस्रो स्थानमा रहेको संकटाले ८ खेलबाट १४ अंक जोडेको छ। आठौ स्थानको सातदोबाटोको ८ खेलबाट ९ अंक भएको छ।