कोरोना संक्रमणपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
राणा कोरोना पोजेटिभ भएपछि सोमबार साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका अनुसार राणाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ।
‘उहाँ भर्ना हुँदा जस्तो अवस्थामा हुनुहुन्थ्यो, स्वास्थ्य उस्तै छ, सामान्य छ,’ अस्पतालका प्रमुख एसएसपी डा. रूपक महर्जनले सेतोपाटीसँग भने।
राणालाई कोभिडविरूद्धका औषधी चलाउन थालिएको छ।