श्रीलंकाका पूर्वराष्ट्रपति तथा नयाँ प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्।
बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले महिन्दालाई बधाई दिएका हुन्।
ओलीले महिन्दासँग नजिकबाट काम गर्न उत्सुक रहेको भन्दै नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई सुदृढ पार्दै अघि बढ्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले महिन्दाको कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेका छन्।
श्रीलंकाका पूर्व राष्ट्रपति तथा नयाँ प्रधानमन्त्री महिन्दा राजापाक्षेले बिहीबार आफ्ना भाइसमेत रहेका नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापाक्षे समक्ष सपथ ग्रहण गरेका थिए।
बुधबार रनिल विक्रमासिंघेले राजिनामा दिएसँगै गोटभायाले दाईइ महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका थिए।