एमसिसी सम्वन्धी अध्ययन गर्न गठित नेकपाको कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्ष द्वयलाई बुझाएको छ।
झलनाथ खनाल संयोजक तथा सदस्यहरु भीम रावल र प्रदिप ज्ञवालीको कार्यदलले पार्टी अध्यक्ष द्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो।
कार्यदलले इन्डोप्यासिफिक रणनीति र एमसिसीको सम्वन्ध रहे/नरहेको विषयलाई समेट्दै प्रतिवेदन बनाएको सदस्य रावलले बताए।
माघ १५ देखि १९ गतेसम्म बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले एमसिसीबारे अध्ययन गर्न सो कार्यदल बनाएको थियो। दस दिनको समयसीमा तोकेर बनाइएको कार्यदलले समयमै प्रतिवेदन बुझाउन नसकेपछि अर्को दस दिन थपिएको थियो।