अमेरिकी डलर र भारतीय नोटसहित विराटनगरबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
केही अमेरिकी डलर तथा केही भारतीय नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दीप सिंह रोयलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट २ लाख ८ हजार ५०० रुपैया भारतीय मुद्रा र २ हजार १ सय १४ अमेरिकी डलर बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको मोरङ प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउदै गरेको बेला चेकजाँच गर्दा अतुलको साथबाट ५०० दरका भारतीय नोट २०० थान र रोयको साथबाट ५०० को २१७ थान, अमेरिकी डलर १०० को २१ थान, २० को ५ थान, १० को एक थान र एकको चार थान प्रहरीले बरामद गरेको प्रहरीको भनाइ छ।