‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्सपो’ भृकुटीमण्डपमा हुनेभएको छ। एक्सपो यही २५, २६ र २७ गते हुने आयोजकले जनाएको छ।
एक्सपो मिडिया स्पेस सोलुसन्स र फ्युचर्र ट्रेडको संयुक्त आयोजनामा हुने छ। प्रदर्शनीमा बिभिन्न देसका ३ सय भन्दा बढी ब्रान्डका १ सय ५० स्टल रहनेछन्। नयाँ निमार्ण कम्पनी, डिलरलाई यस क्षेत्रमा आएका नयाँ प्रविधि सम्बन्धी जानकारी गराउन एक्सपोको आयोजना गरिएको आयोजकले जनाएको छ।
यस प्रदर्शनीले समग्र निमाण क्षेत्रको बिकासमा सहयोग पुग्ने आयोजकको दाबी छ। प्रदर्शनीमा घर बनाउन चाहिने ब्यक्ति, आर्किटेक्ट इन्जीनियर्स, कन्टरयान्टरर्स, विल्डर्स, तथा इन्टेरियर डिजाइनर्सको सहभागिता रहने आयोजकको भनाइ छ।