शुक्रबार स्थगित भएको जुम्लाको गज्र्याङकोट मतदान स्थलमा जेठ १ गने पुनः मतदान हुने भएको छ। गुठीचौर गाउँपालिकाको शंकर मावि मतदान स्थलमा ढुंगामुढा भएपछि मतदान स्थगित भएको थियो।
ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो। स्थगित हुनुअघिसम्म उक्त मतदान स्थलमा १ हजार ७ मतमध्ये ३२० खसेको थियो।
जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, ००:०२:००