सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य लड्ने घोषणा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग सहयोग मागेका छन्।
केही दिनअघि दुबै नेताहरूलाई छुट्टाछुट्टै भेटेर राउतले आफू उठ्ने क्षेत्रमा सहयोग गर्न भनेको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए।
‘दुबै जनासँग डाक्टरसाबले कुरा गर्नुभएको छ। उहाँहरू सकारात्मक देखिनुभएको छ,’ सिंहले भने।
आफ्नो घर नै यही क्षेत्रमा भएकाले त्यहाँ आफूलाई सहयोग गर्न राउतले नेताहरूलाई भनेका हुन्।
यो क्षेत्रबाट २०७४ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए। यो क्षेत्रको मुख्य स्थानीय तह राजविराज नगरपालिकामा जसपाले मेयर र उपमेयर जितेको छ।